दफा ७३
गुनासो सुनुवाई गर्नु पर्ने
(१). खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर तथा सेवाको सम्बन्धमा उपभोक्ताबाट गुनासो प्राप्त भएमा त्यस्तो गुनासो उपर सेवाप्रदायकले आवश्यक जाँचबुझ गरी गुनासो :प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गुनासो सुनुवाई गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सेवा प्रदायकको निर्णयमा चित्त .नबुझेमा त्यस्तो निर्णयको जानकारी पाएको मितिले पन्ध्र, दिनभित्र उपभोक्ताले विभागमा गुनासो दर्ता गराउन सक्नेछन्।
(३) उपनियम (२) बमोजिम गुनासो प्राप्त भएपछि विभागले त्यस सम्बन्धमा जाँचबुझ गरी आवश्यक विवरण माग गर्नुपर्ने वा कुनै विषयमा स्पष्ट गर्नुपर्ने देखिएमा गुनासो प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निरीक्षकलाई सात दिनको समय दिई गुनासो सुनुवाईको लागि निर्देशन दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिमको निर्देशन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र जाँचबुझ तथा आवश्यकता. अनुसार स्थलगत अनुगमन गरी निरीक्षकले गुनासो सुनुवाई: सम्बन्धमा सेवाप्रदायकलाई आवश्यक निर्देशन दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम निरीक्षकले दिएको निर्देशन पालना गर्नु सेवाप्रदायकको कर्तव्य हुनेछ।